दफा १७
पद रिक्त हुने अवस्था

१७. पद रिक्त हुने अवस्था

देहायका अवस्थामा सदस्यको पद रिक्त हुनेछ ः–

(क) निजको पदावधि पूरा भएमा,
(ख) निजले नेपाल सरकारसमक्ष आफ्नो पदबाट राजीनामा दिएमा,
(ग) दफा १६ को उपदफा (३) बमोजिम नेपाल सरकारले हेरफेर गरेमा,
(घ) निजमा दफा ४ बमोजिमको योग्यता कायम नरहेमा, वा
(ङ) निजको मृत्यु भएमा ।